काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा सुनको मुल्यमा निरन्तर फेरबदल देख्न पाइन्छ । यो बीचमा साताको पहिलो दिन आज सुनको मुल्यमा परिवर्तन देखिएको छैन । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको हो । अर्कोतिर चाँदीको भाउ भने घटेको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ ।

आज तेजावी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य भने घटेको छ ।

चाँदी आज तोलाको १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु