विराटनगर । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको चार दिनसम्म पनि मेडिकल परीक्षण हुन सकेको छैन ।

आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको मृत शरीर सोही दिन लगिएको भएपनि दुई परिवारबीचको खटपटका कारण परीक्षण हुन नसकेको हो ।

आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको मृत शरीर मेडिकल परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

माइती पक्षले मृत शरीर उठाउन नदिने अडान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को दवावका कारण धरान लगेको पीडितका आफन्तको दावी छ । तर अहिलेसम्म परीक्षण नहुनुले आशङ्का उत्पन्न गराएको मृतककी सानिमा रमिला गिरी बताउँछिन् ।

‘सोमबार नै प्रहरी प्रशासनले परीक्षणको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै त्यसै राखियो’, उनले भनिन्, ‘रोजिनाको मृत्यु भएपछि नै घरपट्टीका सबै प्रहरी सुरक्षामा थिए । प्रहरीले कसरी पक्राउ गर्न सकेन ?

२४ घण्टाभित्र गरिसक्नुपर्ने परीक्षण अहिलेसम्म नहुँदा श,ङ्का उब्जिएको छ । मृतक रोजिना गिरी श्रीमान विदेशमा छन् । विदेशमा भएका बेला यो घटना हुनु उनले आफै यो बाटो रोजेको हुनै नसक्ने परीवारको शंका छ ।

 

सम्बन्धित खबरहरु