बाँके । आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेको काल बनेको प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–३ भगरीया बस्ने ३४ वर्षीय प्रकाशले आफ्नै श्रीमती लक्ष्मीको ज्यान लिएको थियो । लक्ष्मी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-१ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका-८ घर भएका बीरेन तामाङको कोठमा तास खेलिरहेका अवस्थामा तामाङ सहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तमाङले आफ्नै कोठमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार १ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु