काठमाडौ । ललितपुर, ललितपुर महानगरपालिका-८ कुटि शौगल डेरा गरी बस्ने स्थायी वतन नखुलेका ५५ वर्षीय बालकृष्ण अवा आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, दुहबी नगरपालिका-१२ बुगडहरीस्थित खहरे खोलाको कल्भर्टमा सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षीय सुनिल चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, रुपनी गाउँपालिका-१ स्थित खाडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, मलंगवा नगरपालिका-७ गणेशियास्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु