मोरङ । सुनवर्षी नगरपालिका-३ नर्बु चोकस्थित अरुण सिंहको चिउरा मिलमा काम गरिरहेको अवस्थामा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा मिलभित्र रहेको २ वटा मेसिन, धान, खुदी, भुस, पिठो र चिउरा समेत जलेर करिब ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कपनबाट ढलमा खसेर हराएका बालकको लाश ललितपुरमा फेला

कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको लाश भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको लाश घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले पहिचान गरेका छन् । घुसेल ललितपुरको दुर्गम ठाउँ हो । बागमती नदी किनाराबाट मुल सडक सम्म लाश ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । मेडिकल परीक्षणका लागि पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

सम्बन्धित खबरहरु