काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

आइतबार च्यासलस्थित तुलसीलाल स्मृति भवनमा समापन बैठक सुरु भएको हो । आजको बैठकमा विधान अधिवेशन केन्द्रित बैठकमा नेताहरुले जवाफ दिन लागेका छन् ।

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान अधिवेशनमा पेश हुने राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावलाई आइतबारको बैठकले पारित गर्ने कार्यसूची रहेको जानकारी दिइएको छ ।

प्रस्ताव पारित गर्नुअघि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलले जवाफ दिनु हुनेछ ।

विधान अधिवेशनमा पेश गर्न स्थायी समितिले पारित गरेर राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गरेको थियो ।

ती प्रतिवेदनमाथि शनिबार १० वटा समूह बनाएर छलफल गरिएको थियो । छलफलबाट निस्केको निचोडलाई टोली नेतामार्फत बैठकमा सुनाइएको छ ।

सम्बन्धित खबरहरु