काठमाडौ । पूर्व युवराज पारस शाह बिग्रिएका खबर दिन दिनै बन्ने गरेका छन् ।

पूर्व राजाको छोरा यस्तो नभइदिएका भए हुन्थ्यो भन्ने सबैको चिन्ता भएकालेपनि यस्ता समाचार बन्छन् । यतिबेला फेरी पारस शाह टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल बन्नुभएको छ । पारस शाह मध्यराति ठमेलमा युवती सहित देखिएका छन् ।

युवती हेर्दा निक्कै आर्कषक, पारस भन्दापनि अग्ली देखिन्छिन् । मोटर साईकलमा पछाडी बसेकी युवतीले पारसलाई च्याप्प समातेकी हुन्छिन् । यो हेर्दा उहाँहरुमा निक्कै निकटता छ भन्ने देखिन्छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो भिडियो राखेर पारसको धज्जि उडाइरहेका छन् । सोनिका रोकायसँग कुनै बेला नाम जोडिएकालेपनि होला केहीले लेखेका छन् उनी सोनिका त हैनन् फेरी अर्की को युवती च्यापेछन ? यसो त युवती च्याप्ने पारसको बानी नै हो ।

थाइल्याण्डमा गएका बेला त्यता नै यता कहिले सोनिका त कहिले कोसँग देखिनै राख्नुहुन्छ । उहाँको बानी र व्यवहारले घर परिवार नै आजित भएका छन् । प्रहरी र ट्राफिक नै दिक्काएका छन् ।

कही दिन अघि काठमाडौको चक्रपथमा पारसले गरेको लफडा अझै सेलाउन पाएको छैन । हेल्मेट नलगाई बाईक चलाएका उहाँलाई ट्राफिकले रोकेर हेल्मेट खै भनेर सोध्दा ठूलै लफडा गरे ।

मलाई चिनिनस् म त पूर्व राजाको छोरा हो । अहिलेसम्म लगाएको छैन अब किन लगाउने भन्दै ट्राफिकलाई नै तथानाम गरे ।

केही बर्ष अघि कार चलाएको बेला चकिङ्ग पर्दापनि उहाँले गरेको लफडा ट्राफिक रेकर्डमा छ । उहाँ कहिले सुध्रिनुहोला । तपाईहरु धेरैमा उहाँ सुध्रिएको हेर्न मन होला नी हैन ? प्रतिक्रिया जनाउनुहोस् ।

सम्बन्धित खबरहरु