काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण भुमिका निभाउदै आएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमित हुनु भएको छ । आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आफूमा कोरोना पोजेटिभ पुष्टि भएको कुरा खड्का स्वंयमले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिनुभयो । महामन्त्री खड्काका अनुसार उहाँलाई असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो । धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको उहाँको भनाई रहेको छ ।

महामन्त्री खड्काले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन अनुरोध पनि गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ‘८ गते ४ बजे देखि ज्वराे खाेकि सुरु भएकाे , आज १० गते एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पाेजेटिभ । धेरै सतर्कताका बाबजुद अन्ततः काेभिडले घेरि छाेड्याे । ८ गते ४ बजे सम्म मेराे सम्पर्कमा रहनु भएका सबैमा सतर्कताकाे लागि अनुराेध🙏’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु