काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा भोट माग्न कसरी जाने होला भन्ने चिन्ता नभएको बताउनुभएको छ । उहाँले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको स्पष्ट पार्नुभएको हो ।

पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी काम गरेको त्यही लिएर जनता माझ जान सकिने बताउनुभयो ।

कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले अबको चुनावमा आफ्नै पार्टी आउने दावी गर्नुभयो । , ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं ।

कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन उहाँले भन्नुभयो । अरु पार्टीलाई चुनावमा जाने एजेण्डा नै नभएको ओलीको भनाई थियो ।

 

सम्बन्धित खबरहरु