काठमाडौ । नेकपा एमालेका नेता गोकर्ण विष्टले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको कुरा खुलाउनुभएको छ ।

उहाँले आफनो हस्ताक्षर दुरुपयोग नगर्न आफूले पहिल्यै आग्रह गरेको पनि स्पष्ट पार्नुभएको हो ।

नेकपा एमाले निकट नेपाल मुस्लिम ईत्तिहात संगठनको कार्यक्रममा उहाँले त्यसको साक्षी नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघु पन्त, योगेश भट्टराई लगायत भएको जानकारी दिनुभयो ।

माधव नेपालले त्यो हस्ताक्षर प्रयोग गर्दिन भनेर पटक पटक जवाफ दिएको जानकारी दिदैं नेता विष्टले आफूले ३ पटक भन्दापनि हस्ताक्षर दुरुपयोग गरिएको उल्लेख गर्नुभयो ।

नेता विष्टले माधव नेपालले आफ्नो कमजोरी सच्याई नेकपा एमालेमा फर्किएर आफ्नो कमजोरीलाई सच्याउन आग्रह गर्नुभएको छ । गल्ती भयो भन्दै आउनुहोस् हामी आग्रह गर्छौ उहाँको भनाई थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु