काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकारसमेत रहनुभएका आचार्यले औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ। एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

आचार्यले भन्नुभयो, ‘संस्थाका संस्थापक र अग्रजहरुको साथ विश्वभर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु।

विश्वभरी रहनुभएका तपाई सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको अमूल्य आर्शिवाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु। मैले संकल्प गरेको छु कि तपाईँ हामी सबैको गैर आवासीय नेपालीहरुको पवित्र मन्दिर गैर आवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु।’

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न अनलाईन कक्षाहरु सञ्चालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

उहाँले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गर्ने आश्वासनसमेत दिनुभयो ।

प्रेस नोट

‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’
आजको यस समारोहका सभापति एवं गैरआवासीय नेपाली संघका उपाध्यक्ष आदरणीय सोनाम लामाज्यू गैरआवासीय नेपाली संघकासंस्थापक एवं संघलाई वैचारिक नेतृत्व गर्नु हुने आदरणीय व्यक्तित्व एवं पूर्व राजदूत भीम उदासज्यू विश्वभरिबाटभर्चुअलप्रविधिमार्फत उपस्थित हुनु भएका आदरणीय अग्रज, सहकर्मी तथा साथीहरु र गैरआवासीय नेपाली दाजु भाइ तथा दिदीबहिनीका साथै उपस्थित संचारकर्मी साथीहरुमाहार्दिक नमस्कार ।

भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय समन्वय परिषदमा निर्वाचित हुनु भएका एवम् आगामी अक्टोबर महिनाको २३ देखि २५ तारिखसम्म काठमाडौँमा हुन गइरहेको दशौँ विश्व सम्मेलनका लागि चुनिनु भएका सम्पूर्ण महाधिवेशनप्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

आजको यस घडीमा म सर्वप्रथम मेरास्वर्गवासी पिता पूजनीयधर्मनाथ आचार्यलाई श्रद्धापूर्वकस्मरण गर्दछु । बुवाको स्वर्गारोहणपछि पनि मलाई निरन्तर वात्सल्य र समाज सेवामा प्रेरणाप्रदान गरिरहने पूजनीयआमा नन्दकला आचार्यलाई श्रद्धापूर्वकनमन गर्दछु । मेरो मातृभूमि नेपाल, मेरो जन्मभूमि नेपाल, नेपालकै बाटोले मलाई हिड्न सिकायो, नेपालकै माटोले मलाई शिक्षा(दिक्षा दियो,नेपालकै माटोले मलाई संस्कार सिकायो । त्यसैलेमातृभूमि नेपाल आमालाई सादरढोग गर्दै विश्वभर रहनु भएका सम्पूर्णअग्रज तथा गैरआवासीय नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई हार्दिकअभिवादन गर्दछु ।

तपाईं हामी जहाँ रहे पनि नेपाली हौं । किनभने एकपटकको नेपाली सधैंका नेपाली हौँ ्र जुनसुकै कारणले विदेशमा रहे पनि हाम्रो मन र मुटुमा नेपाल रहेको छ । सगरमाथा जस्तै अग्लो शिर बनाएर चन्द्र र सूर्यलाई विश्वमाझ चिनाउन प्रयत्नरत हामीसम्पूर्णप्रवासी नेपालीहरु वास्तवमै नेपालका सदभावना दूत हुन् । नेपालको पहिचान, नेपाली संस्कार र संस्कृति, स्वाभिमान, इमान्दारिता, इज्जत र प्रतिष्ठा हाम्रो साझा सम्पत्ति हो । त्यसैगरी गैरआवासीय नेपाली संघ विश्व भरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको सबैको साझा संस्था हो । संस्था एउटा परिवार हो भने हामी त्यसका सदस्य हौं । संस्था एउटा माला हो भने हामी त्यस मालामा उनिएका फूलका थुँगा हौं ।

वास्तवमा गैरआवासीय नेपाली संघ केवलसंस्था मात्रै होइन, यो विश्व भरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको एउटा पवित्र मन्दिर हो, हामी सबैको साझाआस्था, विश्वास र अभियान होरमातृभूमिर कर्मभूमिलाई भावनात्मकरूपमा एकीकृत गर्ने सुन्दर माला हो ।

यस्तो पवित्र संस्थाको परिकल्पना गर्दै संस्थालाई यहाँसम्म ल्याउन विशिष्ट भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण संस्थापक, अग्रज र वौद्धिक व्यक्तित्वहरूका साथै विश्वभरिका अभियन्ताहरुलाई हृदयदेखि नै श्रद्धा, सम्मान तथा अभिनन्दन गर्दछु । उहाँहरुको परिकल्पना, योगदान र सक्रियताकै कारण विश्वभर फैलिएका हामी सम्पूर्णनेपालीहरु आज एउटै मालामा गाँसिन पाएका छौं, एकत्रित हुन पाएका छौं र उक्त मालाको एक धागो हुन पाएकोमा म आफूलाईभाग्यमानीमहसुस गरेको छु ।

हामी सबैको साझा संस्था गैरआवासीय नेपाली संघ यतिबेला दशौं महाधिवेशनको तयारीमा छ । यसको अर्थ हामी सबै गैरआवासीय नेपालीहरु महाधिवेशनको तयारीमा छौं । आगामी दुई वर्षका लागि नीति र नेतृत्व दुवै चयन गर्ने विशेष उत्सवकोप्रक्रियामा छौं ।

संस्थाका संस्थापक र अग्रजहरूका साथै विश्वभर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुझाव, भावना र चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । विश्व भरि रहनु भएका तपाईंहरू सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूको अमूल्य आशीर्वाद, सहयोग, समर्थन र शुभकामनाले निर्वाचित हुनेमा पूर्ण विश्वस्त छु र मैले संकल्पगरेको छु कि तपाईं–हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको पवित्र मन्दिर–गैरआवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु ।

गैरआवासीय नेपाली संघको अध्यक्ष हुने मेरो चाहना र सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूको मलाई अध्यक्ष बनाउने भावना मात्रै होइन, संस्थाको उद्धेश्य र गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूको अपेक्षा अनुरुप मेरो दुई वर्षे कार्यकालकोठोस दृष्टिकोण, स्पष्ट एजेण्डा र समयतालिकासहितको प्राथमिकता तय गरेको छु । तर मेरो भिजन, एजेण्डा र प्राथमिकता केबल मेरो मात्रै होइन, तपाई-हामी सम्पूर्णगैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूका सबैका साझा हुन् । तपाईंहरुको सुझावरसहयोगका साथै तपाईंहरूसंग सहकार्य गरीमैले मेरो मेरो भिजन, एजेण्डा र प्राथमिकता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

१, गैरआवासीयनेपालीसंघगैरराजनीतिकतथानाफारहितविशुद्ध सामाजिक संस्था मात्रै होइन, यो परोपकारी संस्था पनि हो । त्यसैलेगैरआवासीय नेपाली संघकोउद्देश्य तथासम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूको चाहनाअनुसार विधिसम्मत, संस्थागतरपारदर्शीरूपमा संस्था संचालन गर्नु मेरो मूलमन्त्र हुनेछ ।विधिसम्मत र संस्थागत निर्णय, पारदर्शिता र उत्तरदायी कार्यशैली, सामुहिक नेतृत्व र पारदर्शिता मेरो सर्वोच्चप्राथमिकता हुनेछ । सबैको आत्मसम्मानको रक्षा गर्दै पारदर्शीरूपमासंस्था संचालनबाट मात्रै संस्थाले सही गति लिन सक्छ भन्ने मेरो अटल विश्वास रहेको छ ।त्यसैले‘पद्धति र पारदर्शितास् समावेशी एनआरएन हाम्रो प्रतिबद्धता’ भन्नेप्रमुख एजेण्डा तय गरेको छु :

मैलेसंस्थाको उद्देश्यअनुरुप विधिसम्मत र पारदर्शीरुपमा संघसंचालन गरी विगत केही समयदेखि खस्किएको संस्थाको गरिमा, प्रतिष्ठार विश्वसनियातालाईपुनस् स्थापितगर्नेछु । यसैगरीसंस्थाको आर्थिक अनियमितता र दुरुपयोगको बारेमा हिजोआज गुनासो बढ्दै गइरहेको छ ्र त्यसैलेआर्थिक अनियमितता र दुरुपयोगनिर्मुल गरीभविष्यमा यस्ता गुनासो आउन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।

यस पुनित अवसरमा मैले कसैप्रति दोषारोपण गर्न चाहन्न । तर तितो भए पनि सत्य कुरा भन्नै पर्ने भएको छ ्र किनभनेसंघकोनेतृत्व तहका केही जिम्मेवार साथीहरुको संस्थालाई व्यक्तिगत स्वार्थअनुरुप प्रयोग गर्ने दुर्भाग्यपूर्ण प्रवृत्ति,अवान्छित र रहस्यमय गतिबिधि, ऐन तथाविधानविपरीत संस्था संचालन तथाअनुत्तरदायीर अपारदर्शी कार्यशैली संस्थाकोगरिमा, प्रतिष्ठारछवीमा गम्भीर आघात परेको छ ्रवास्तवमायस्तो दुर्भाग्यपूर्ण तथा विडम्वनापूर्ण प्रवृत्तिकाकारण सिंगो संस्थाको साख गिरेको छ ।

कोभिड महामारीको कारणले प्रवाशकामजदुर साथीहरूकोउद्धारगर्न दात्री निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएकोसमाचारलेसंघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको छ । सदस्यता र डेलिगेट्ससम्बन्धीभएकोविवादको कारणले निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका बढेको छ । त्यसैलेराष्ट्रिय सम्मेलन तथा डेलिगेट्ससम्बन्धी विवादको विधानसम्मत समाधान गरीनिर्धारित मितिमै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहितमहाधिवेसन सम्पन्न गर्न तथा आर्थिक अनियमितताबारेमा छानविन गरी दोषीलाई कारवाही गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय समन्वय परिषदलाईमाग गर्दछु ।

सम्पूर्णगैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइहरूलाईविश्वास दिलाउन चाहन्छु किम नेतृत्वमा आएपछि कसैको पनि व्यक्तिगत इच्छा संस्थामा हाबी हुने छैन । हरेक प्रवासी नेपालीहरुको भिजन,पसिना र मेहनतबाट स्थापित यो संस्थामा सबैको उत्तिकै योगदान रहेको छ । प्रत्येक सदस्यको योगदानको उचित मूल्यांकन र सम्मान गर्ने प्रण मैले गरेको छु । त्यसैलेसंघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुर्याउने छु ।

२, जननिर्वाचितसंविधानसभाद्वारा निर्मित नेपालकोसंविधान २०७२ ले हामी गैरआवासीय नेपालीहरुको भावना र मागलाई सम्बोधन गरेको छ। एकपटकका नेपाली सधैका नेपाली भन्ने आधारभूत भावनालाईआत्मसात गरेको छ।तरनागरिकतासम्बन्धी ऐन नबनेको कारणले हामीले यो अधिकार उपयोग गर्न बन्चित भएका छौं । गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली पासपोर्ट रनेपालमा रहेको पैतृक सम्पत्तिको सुरक्षाको प्रत्याभूतिहामीसम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूको प्रमुखमाग हो । त्यसैलेनेपाल सरकार, संसद र राजनीतिक दलहरुसँगको संवाद, सहकार्य, सहमति र समन्वयगरीमेरोदुई वर्षे कार्यकाल भित्र गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट रपैतृक सम्पत्तिसम्बन्धी समस्याको समाधान गर्ने सार्वजनिक प्रतिवद्धता गर्दछु । यो मेरो सर्वोच्च प्राथमिकता हो । मपछि नेतृत्वमा आउने साथीहरूलेगैरआवासीय नेपाली नागरिकता, पासपोर्ट रपैतृक सम्पत्तिसम्बन्धी समस्या समाधान गर्न संघर्ष गर्नु पर्ने छैन ।

३, विदेशिनु हाम्रो रहर होइन, बाध्यता हो । बाध्यताकै कारण वैदेशिक रोजगारीका क्रममा हामीले भोग्नुपरेका समस्या, पीडा र अपमानको ब्याख्या गर्ने हो भने महाग्रन्थ नै तयार हुन्छ । विदेशमा बगाएको पसिनाले नेपाली माटो सिन्चित गर्नु परेको छ । वैदेशिक रोजगारीमा रहेका साथीहरुले पठाएको रेमट्यिान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड हो । तरयसलाई उत्पादनशील बनाउन त सकेका छैनौं नै, रेमिट्यान्स पठाउने हाम्रै दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान पनि गर्न सकेका छैनौं । वैदेशिक रोजगारी सुरक्षित हुन नसक्दा रातो बाकसमा फर्किनुपर्ने हृदयबिदारक दृश्य एकातिर छ भने खाडी क्षेत्रमा कार्यरत दिदीबहिनीहरुको अस्मितारक्षा र असह्य पीडा अर्कोतिर छ । त्यसैलेवैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाउनु अपरिहार्य छ। श्रम गन्तब्य मुलुक, रोजगारदाता कम्पनी, नेपाल सरकार र मातहतका निकायसंगको समन्वय र सहकार्यमा यी समस्या समाधान गर्ने कार्ययोजना बनाएको छु । वैदेशिक रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने छु भने विदेशमा जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्नेछु । यसमा सरकारको ध्यानाकर्षण गराउँदै संस्थाको तर्फबाट स्पष्ट योजना बनाउनु अपरिहार्य छ ।

सातैप्रदेशमासीपविकासप्रशिक्षणकेन्द्रस्थापनागरीस्वरोजगारकालागिअभिप्रेरितगर्नेतथावैदेशिकरोजगारीमाजानेहरुकालागिआवश्यकआधारभूतसीप प्रदान गर्ने मेरो लक्ष्य छ । म निर्वाचित भएको एक सय दिन भित्र यो योजनालाई कार्यान्वयनमा ल्याउने छु ।

४, हामीगैरआवासीयनेपालीहरुनेपालकोसमृद्धिकासहयोगीमात्रैहोइनौं, साझेदार पनि हौँ। हामीले विदेशमा पसिना बगाएर आर्जन गरेको सम्पत्ति नेपालको समृद्धिमा लगानी गर्दै समुन्नत नेपाल बनाउन सरकारसंग हातेमालो गर्नु हाम्रो दायित्व पनिहो । पुँजीगत लगानी अभिवृद्धि गर्न गैरआवासीय नेपाली संघले संस्थागत रुपमा पहल गरिरहेको छ । लगानी तथा पूर्वाधार बोर्ड र विकास कोष स्थापना भइसकेका छन् । संस्थागत लगानीमै केही आयोजना अगाडि बढिसकेका छन् । मैले यसलाई थप सहभागितामूलक,नाफामूलक र कार्य प्रगतिलाई तीव्र बनाउने छु ।

५, नेपालको विकास निर्माण र उत्पादनशील क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्ने नीतिलाईनेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । सरकारको यो नीति र योजनालाईसाकार पर्न समन्वयकारी नीति र भूमिका अवलम्बन गर्नेछु । मातृभूमीको विकास र समृद्धिको लागि विदेशमा सिकेका ज्ञान र सीपलाई पनि नेपाल फर्काउन जरुरी छ । विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु मेरो उद्देश्य रहेको छ । युवा तथा महिला सहभागिता वृद्धि गर्दै नयाँ पुस्तालाई नेपालसँग जोड्नु अत्यावश्यक भइसकेको छ । विदेशमा हुर्किरहेको दोश्रो र तेश्रो पुस्ता नेपालकै सन्तती हुन् । नयाँ पुस्तालाई मातृभूमिसँग जोड्न मैले पुलको काम गर्ने छु ।

६, बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको मुद्दा वर्षौंजेखि जेलिँदै आएको छ । मैले पटक पटक बेलायत सरकार र नेपाल सरकारसँग यो मुद्दा सम्बोधनका लागि समाधानमुखी पहल पनि गरिरहेको छु । म विश्वस्त पार्न चाहन्छु किम निर्वाचित भएपछि फेरि कहिल्यै नबल्झिने गरी गोर्खा मुद्दाकोसमाधानगर्ननिर्णायकपहल गर्ने छु । मध्यपूर्वको श्रम समस्या, यूरोप, अमेरिका र अष्ट्रेलियाको विद्यार्थी समस्या तथा अफ्रिका क्षेत्रको भिसा लगायतका समस्याका बारेमा म पूर्ण जानकार छु । यी समस्या समाधानका लागि पनि म योजनाबद्ध रुपमा अगाडि बढ्ने छु ।

७, ‘एनआएनए स् भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई क्रमश: कार्यान्वयन गर्नेछु भने केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउनेछु।

८, राष्ट्रियसमन्वयपरिषद (एनसीसी) हरुलाईस्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने छु र मेरो कार्यकालमा राष्ट्रिय समन्वय परिषदको संख्या कम्तिमा १०० पुर्याउने छु ।

९, कोभिड महामारीका कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केका युवा-युवतीका लागि ‘एकएनआरएन, एक रोजगार अभियान’ अविलम्व प्रारम्भ गर्नेछु ।
पूर्व उल्लेखित भिजन, एजेण्डा र प्राथमिकताका आधारमा मैले मेरो प्रतिबद्धता पत्र तयार गरेको छु । उक्त प्रतिबद्धता पत्र मैले अर्को हप्ता मेरो कर्मभूमि बेलायतबाट सार्वजनिक गर्नेछु ।

समाजसेवा मेरो मन, मस्तिष्क र रगतमै छ । स्वर्गीय पिताजीले दिनु भएको पहिलो ज्ञान र प्रेरणा नै समाजसेवा हो । पर्वतको धाइरिङमा पिताले डोर्याउँदै गर्दा दिनु भएको संस्कार, ज्ञान र प्रेरणा अहिलेसंसार घुम्दा थप फराकिलो भएको छ । साथीहरुले विश्वास,प्रेरणा, सल्लाह र सुझाबले म थप उत्प्रेरित भएको छु ।

२२ वर्षअघि बेलायत पुगेदेखि नै मैले प्रवासमा रहेका नेपालीहरुसँग परिवारको सदस्यको रूपमा काम गर्न शुरु गरेको हुँ । एनसीसी बेलायतको सदस्य, उपाध्यक्ष तथा अध्यक्ष,आइसिसी सदस्य, यूरोप क्षेत्रीय संयोजक,आइसीसी उपाध्यक्ष तथा आइसिसी सल्लाहकारका रुपमा मैले पूरा गरेका जिम्मेवारी र निर्वाह गरेका भूमिकाका बारेमा साथीहरु अवगत नै हुनुहुन्छ ।

सुस्तामा विद्यालय निर्माण, जुम्लामा प्रसुति गृह स्थापना, शंखमुल पार्क निर्माण, मेरो जन्मस्थान पर्वतमा विद्यालय निर्माण लगायतका परियोजनामा मैले निर्वाहगरेको भूमिका र आर्थिक सहयोगका बारेमायहाँहरुलाई अवगत नै छ । यी बाहेक मैले नेतृत्व गरेका च्यारिटी कार्यक्रमहरुको सफलताले पनि संस्थाको नेतृत्व गर्नमलाई थप प्रेरणा र हौसला मिलेको छ।

लक्षित समुदायको सहभागिता, साझेदारी र स्वामित्वमा सन्चालन गरिने परियोजना मात्रै दिगो बन्न सक्छ भन्ने मेरो दृढ विश्वास रहेको छ । संघका विभिन्न तह र पदमा रहेर काम गर्दा तथा परियोजनाको नेतृत्व गर्दा मैले यही सिद्धान्तलाई अवलम्बन गरेको छु । आगामी दिनमा पनि यही सिद्धान्त नै मेरो मार्गनिर्देशक सिद्धान्त हुनेछ।

अन्त्यमा,
मैले गत साता नै जन्मस्थान पर्वतबाट आशिर्वाद लिएर आएको छु । म जन्मेर हुर्केको माटो छोएर समाजसेवाका लागि थप प्रण गरेको छु । आज काठमाडौंबाट स्पष्ट भिजन र एजेण्डासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु । संसारभर रहनु भएका एनआएनए अभियन्ताहरु, संस्थापकहरु, अग्रजहरु, यस संस्थाका परिकल्पनाकारहरु, महाधिवेशन प्रतिनिधिहरु, एनसीसी अध्यक्ष तथा पदाधिकारी र सदस्य साथीहरु तथा आम पन्जीकृत सदस्यहरुलाई पुनः मेरो आग्रह छ, यो केबल मेरो मात्रै उम्मेदवारी होइन । तपाईंहरुकै आशिर्वाद, सुझाव, प्रेरणा र विश्वासले मैले उम्मेदवारी दिएको हुँ । तपाईंहरुको मन, मत र अभिमतले मात्रै यसलाई सफल बनाउन सक्छ । कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण सन्चारकर्मी साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । संस्थागत सुधारका लागि मिडियाले दिने सुझाब मेरा लागि मार्गदर्शन हुने छ । यस कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गर्ने विभिन्न मिडिया तथा पेजहरुलार्ई पनि धन्यवाद दिन चाहन्छु ।
धन्यवाद नमस्कार जय एनआरएनए ।

सम्बन्धित खबरहरु