काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अझै घुर्की लगाइरहनुभएको पाईएको छ ।

आफू समय आएपछि बोल्ने भन्दै मौनताको अर्थ हुने र त्यो बेला देखाईदिने उहाँको घुर्की छ । रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौनमा रहने बताउनुभयो ।

दश बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने कुरामा एमालेभित्र मतभेद छ। अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेर एमालेमै बसेका उपाध्यक्ष भीम रावलले दश बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू हुनुपर्ने दावी गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज माओवादी केन्द्र छोडेर आउनुभएका लेखराज भट्टलाई बनाउनुभएको छ ।

बागमती प्रदेशमा पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आउनुभएका रामबहादुर थापा ‘बादल’ लाई इन्चार्ज बनाइएको छ।

उपाध्यक्ष रावलले केन्द्रीय कमिटी बैठकमा यो विषय उठाउनुभएको थियो । अध्यक्ष ओलीले यसबारेमा स्थायी कमिटी बैठकबाट निर्णय गर्ने बताउनुभयो । सोही सन्दर्भमा स्थायी कमिटीमा छलफल भएको हो।

यो विषय केन्द्रीय कमिटीमापनि उठ्यो । सुनुवाई नभएपछि उहाँ जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिनुभएको छ । बैठकमा उहाँले आफ्नो केही कुरा नरहेको भन्दै मौन बस्नुभएको थियो ।

गत २७ असारमा १० बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान उहाँको छ ।

सम्बन्धित खबरहरु