काठमाडौं । खोकी प्रायः गरेर बच्चा र बुढा सबैलाई लाग्ने सामान्य रोग जस्तै हो ।

तर सामान्य रोगको पनि हामीलाई उपचार आउँदैन, त्यसको उपचारका लागि आज हामीले आज केही घरेलु सरल उपचार लिएर आएका छौँ ।

खोकी भनेको कुनै रोग होईन । खोकी कुनै रोगको लक्षण नभई सर्दी निमोनिया, दम, चिसो टि.बी. अनी फोक्सोको बिरामी भएमा पनि हुन सक्छ ।

  • खोकी लागेको बेला कस्तो खाना खाने ?
  • खानाको मात्रा सकेसम्म घटाउनुपर्छ ।
  • दिनमा २ देखि ३ लिटर जति मनतातो पानी पिउनुपर्छ ।
  • अदुवा, दाल चिनी, ल्वाङ, मिश्री, सुकुमेल चुसेर बस्नुपर्छ ।
  • तिर्खा लाग्दा तातो पानी पिउनुपर्छ ।
  • बाख्राको दुध, चिया, कफी, तातो पानीमा ग्लुकोज मिसाएर पिउनुपर्छ ।
  • फलफूलमा खकार सजिलै बाहिर ल्याउने जस्तै सुन्तला, मौसम, मेवा र खरबुजा जस्ता फलफूल खानुपर्छ ।

खोकी लाग्दा ध्यान दिनुपर्ने कुराहरु

  • धुम्रपान गर्ने बानी छ भने तत्काल छोड्नुपर्छ ।
  • गर्मी ठाउँबाट जाडो र जाडो ठाउँबाट गर्मी ठाउँमा एकैपटक प्रवेश गर्नु हुँदैन ।
  • झ्याल ढोका बन्द गरेर हिटर चलाएर सुत्नु हुँदैन ।
  • शरीरलाई चिसो पानीबाट भिज्न दिनु हुँदैन ।
  • नुहाउँदा प्रायः तातो पानी प्रयोग गर्नुपर्छ ।
  • पातलो कपडा लगाएर धेरै चिसो ठाउँमा जानु हुँदैन ।
  • फ्रिजको चिसो पानी पिउनु हुँदैन ।
  • चिसो खानेकुरा जस्तै बरफ, आइसक्रिम आदि कुरा खान छोड्नुपर्छ ।
  • धुलोमा जाँदा मुख र नाकलाई छोप्ने गरी माक्स लगाउनुपर्छ ।

नोटः माथि उल्लेख गरिएको उपचार विधिमा हामी दाबा गर्न सक्दैनौँ । यो उपचार सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन । त्यसैले, यदि तपाईं पनि खोकीजस्तो रोगबाट पीडित हुनुहुन्छ भने तत्काल चिकित्सकसँग सम्पर्क गर्नुहोला ।–सम्पादक

सम्बन्धित खबरहरु