काठमाडौं । ज्वरो सामान्यतया सबै मानिसहरुलाई आउँछ । ज्वरोबाट कोही पनि अछुत छैन । ज्वरोबाट सबै उमेर समुहका मानिसहरु शिकार बन्न सक्छन् । ज्वरो भनेको कुनै रोग होईन ।

शरीरमा अन्य कुनै रोग उत्पन्न भएमा ज्वरो आउँछ । सामान्य रुपमा भन्नुपर्दा ज्वरोलाई अरु कुनै रोगको लक्षण पनि भन्ने गरिएको छ ।

हाम्रो शरीरको तापक्रम जब ९८.४ डिग्री फरेनहाईट अथवा ३६.८ डिग्री सेन्टीग्रेटभन्दा धेरै भएमा ज्वरो आयो भन्ने बुझ्नुपर्छ ।

ज्वरो आयो भने कस्तो खानेकुरा खानुपर्छ ?

  • सकेसम्म धेरै मात्रामा झोलिलो पदार्थको सेवन गर्नुपर्छ ।
  • ज्वरो उत्रेपछि रोटी, दुध, मूगको दाल, पानी र फलफूल खाने गर्नुपर्छ ।
  • पानी उमालेर धेरै मात्रामा पिउनुपर्छ ।
  • गर्मी मौसममा ज्वरो आयो भने उमालेर चिसो बनाएको पानीमा कागतीको रस र थोरै नुन मिलाएर पिउनुपर्छ ।
  • ज्वरो आएर कमजोर भएमा पानीमा मह मिलाएर खानुपर्छ ।
  • पचाउन गाह्रो हुने अँटिलो खानेकुरा खानु हुँदैन ।

ज्वरो आएको बेला कस्तो खाना खानु हुँदैन ?

  • तेल, घ्युमा तारेको खानेकुरा खानु हुँदैन ।
  • मसलाको मात्रा धेरै भएको खानेकुरा खानु हुँदैन ।
  • चिल्लो र बोसोको मात्रा धेरै भएको खानेकुरा खानु हुँदैन ।
  • ज्वरो आएको समयमा भात खानु हुँदैन ।
  • अमिलो फलफूल खानु हुँदैन ।
  • खुसार्नीको प्रयोग गर्नु हुँदैन ।
  • माछा, मासु, अण्डा पनि खानु हुँदैन ।

ज्वरोको घरेलु उपचार

  • पूर्ण रुपमा आरम गर्नुपर्छ ।
  • कोठामा बस्दा झ्याल, ढोका खुल्ला राख्नुपर्छ ।
  • जाडोको कारण ज्वरो आएमा चिसो पानीको पट्टी लगाउनुपर्छ ।
  • बिहान बेलुका मुखबाट लामो लामो सास छोड्ने र लिने गर्नुपर्छ ।
  • धेरै कडा मेहनत पर्ने खालका कामहरु गर्नु हुँदैन ।
  • ज्वरो आएको बेला धेरै बोल्ने बानी हटाउनुपर्छ ।
  • मनमा कुनै कुराको तनाव राख्नु हुँदैन ।
  • समय मौसम अनुसारको पहिरन लगाउने गर्नुपर्छ ।
  • हरेक समयमा ब्लाङकेट जस्ता गर्मी हुने कपडा बेरेर बस्नु हुँदैन ।

नोटः माथि उल्लेख गरिएको उपचार विधिमा हामी दाबा गर्न सक्दैनौँ । यो उपचार सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन । त्यसैले, यदि तपाईं पनि ज्वरोजस्तो रोगबाट पीडित हुनुहुन्छ भने तत्काल चिकित्सकसँग सम्पर्क गर्नुहोला ।–सम्पादक

सम्बन्धित खबरहरु