tb shahaकाठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष टीबी शाहको उपचारका क्रममा निधन भएको छ ।

आइतबार राति उपचारका क्रममा थापाको नर्भिक अस्पतालमा निधन भएको हो ।

लिभर क्यान्सर पीडित ८१ वर्षीय शाहलाई आइतबार बिहान मात्र अस्पताल भर्ना गरिएको थियो ।

वीरगन्जका शाह नेपालमा क्रिकेट भित्राउन महत्वपुर्ण योगदान गरेका छन् ।

उनी विगत पाँच दशक देखि नेपाली क्रिकेट विकासमा लाग्दै आएका थिए । उनको अन्तेष्टी भोली मात्र गरिने पारिवारीक स्रोतले बताएको छ ।

सम्बन्धित खबरहरु