काठमाडौं । दुई केटीहरुको मित्रता कहिले प्रेम सम्बन्धमा परिणत भयो थाहा भएन । उनीहरु एक अर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका थिए ।

अवस्था गम्भीर भएपछि उनीहरुले परिवारका सदस्यहरुलाई यसबारे जानकारी गराए । तर उनीहरुको भावनालाई कसैले बुझेनन् । उनीहरुका अनुसार परिवारले छुट्ट्याउने प्रयास गर्यो ।

अब उनीहरुका सबै विकल्पहरु लगभग बन्द भैसकेका थिए । अन्त्यमा उनीहरुले घर छोडेर जानु नै उपयुक्त विकल्प रोज्नुपर्यो । उनीहरु आफ्नै शर्तमा बाँच्न चाहान्छन् ।

दिल्ली र हरियाणाबाट लखनउ आउँदै गरेका किशोरीहरुले यो सबै कुरा प्रहरीसँग खुलाएका हुन् । हाल, मानकनगर प्रहरीले दुबै केटीहरुलाई दिल्ली प्रहरीको जिम्मा लगाएको छ । दिल्ली मोडल टाउन, राजपुरा निवासी १९ वर्षीया किशोरीको मित्रता हरियाणा कैथल निवासी एक किशोरीसँग थियो ।

एउटै उमेरका भएका कारण उनीहरु अक्सर समय एकसाथ हुन्थे । यसबीच केटीहरु एक अर्काप्रति आकर्षित हुन थालेको बताइन्छ । जब परिवारका सदस्यहरुले यसबारेमा जानकारी पाए उनीहरु सम्बन्ध खुसी थिएनन् ।

परिवारका तर्फबाट दुबैलाई छुट्ट्याउन धेरै प्रयास गरियो । त्यसपछि उनीहरु लखनऊ पुगेका हुन् । प्रहरी निरीक्षक सुबोध कुमारका अनुसार दिल्लीबाट आएपछि मानकनगरमा उनीहरु एउटा भाडाको घरमा बस्दै आएका थिए ।

त्यहाँ पनि उनीहरुले कसैलाई केही भनेनन् । जानकारी अनुसार विरलै मात्र उनीहरु कोठाबाट बाहिर आउँथे । छिमेकमा कसैसँग कुरा पनि गर्ने गरेका थिएनन् । दिल्ली र हरियाणाबाट छोरी हराएको भन्दै उनीहरुको परिवारले प्रहरीमा उजुरी दर्ता गरायो । त्यसपछि उनीहरुको मोबाइलको लोकेशन ट्रेस गरियो, तब उनीहरु लखनऊमा भएको खुल्न आयो ।

त्यसपछि दिल्ली मोडेल टाउन र हरियाणाको कैथल प्रहरी चौकीको संयुक्त प्रहरी टोली लखनऊ पुग्यो । टोलीले डीसीपी केन्द्रीय डाक्टर ख्याती गर्गबाट सहयोग मागेको थियो । त्यसपछि ती किशोरीहरु मानकनगरमा एउटा भाडाको घरमा बस्दै आएको कुरा खुल्यो ।

सोही आधारमा, मानकनगर प्रहरी, दिल्ली र हरियाणाको प्रहरी संगै ती किशोरीहरुलाई नियन्त्रणमा लिइयो । पक्राउ परेपछि प्रहरीलाई उनीहरुले दिएको बयानले सबैलाई चकित बनाएको छ । मोडल टाउन निवासी किशोरीका अनुसार उनी आफ्नो साथीको प्रेममा परेकी थिइन् । उनले आफ्नो जीवन सँगै बिताउने योजना बनाएका थिइन् ।

उनीहरु परिवार र साथीहरुबाट बच्न लखनउ पुगेका थिए । घर छोड्दा, जम्मा भएको पूँजी पनि सँगै लिएर गएकी थिइन् । जसबाट उनी आफ्नो खर्च चलाइरहेकी थिइन् ।

दिल्लीकी बासिन्दाका अनुसार उनी लिंग परिवर्तन गर्न चाहन्थिन् । त्यसका लागि डाक्टरहरुसँग सम्पर्कमा पनि भएको खुलेको छ । लिंग परिवर्तनपछि आफ्नो साथी संग खुसी जीवन बिताउन सक्छु भन्ने कुरामा उनी ढुक्क थिइन् ।

 

सम्बन्धित खबरहरु