काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षाफल प्रकाशित गरेको हो ।

नतिजा सार्वजनिक गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र २०७८ साल वैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह भौतिक शास्त्र विषय प्रथम बर्ष प्रथम सत्र २०७६ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समुहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ ।’

साथै त्रिविले लब्धाङ्कपत्र सम्बन्धित क्याम्पस वा कलेज बाट प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

यस्तै, परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको भएपनि छपाई तथा अन्य कुनै कारणबाट गल्ती भएमा कार्यालयको मुल अभिलेख अनुसार सच्याइने पनि स्पष्ट पारिएको छ ।

पुनर्योग गर्न चाहनेहरुले नतिजा प्रकाशित भएको मितिले २० दिनभित्र निवेदन दिनुपर्नेछ ।

सम्बन्धित खबरहरु