काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा सार्वजनिक गरेको हो । त्रिविले गत शुक्रबार नतिजा प्रकाशित गरेको हो ।

शिक्षाशास्त्र संकायका अनुसार स्नातक तह तर्फको आठौँ सेमेष्टरको मौका परीक्षाको नतिजा प्रकाशन गरिएको छ । त्रिविले बि.एड. (आइसीटीई र एसएनई) को नतिजा सार्वजनिक गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्धारा २०७८ साल असोज ६–८ सम्म सञ्चालित स्नातक तह बि.एड. (आइसीटीई र एसएनई) आठौँ सेमेष्टरको मौका परीक्षाको परीक्षाफल यस शिक्षाशास्त्र संकाय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्रकाशन गरिएको सम्बन्धित सबैलाई सुचित गरिन्छ ।’

साथै, त्रिविले सकेसम्म त्रुटिरहित नतिजा प्रकाशित भएको बताउँदै भुलवश गल्ती भएमा कार्यालयको मलअभिलेख अनुसार सच्याइने जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु