काठमाडौं । बडादशैँलगायतको चाडपर्वका लागि काठमाडौँबाट बाहिरका यात्रुका लागि सोमबार (आज)देखि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको छ ।

कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले सोमबारदेखि अनलाइन टिकेटिङ र मोबाइल एप्लिकेसनको माध्यमबाट टिकट खरिद गरी ढुक्क हुन सबैसँग आग्रह गर्नुभयो ।

दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको हो ।

यो बीचमा टिकट बुकिङको क्रममा यात्रुहरुलाई ठग्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने समूह पनि सक्रिय हुन्छ ।

त्यसैले आफू जाने गन्तव्यको लागि सरकारले तोकिदिएको भाडा कति हो भनेर जानिराख्नु राम्रो हुन्छ ।

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा हेल्प डेस्क राखिएको छ ।

नयाँ बसपार्क, माछापोखरी, स्वयंभू, कलंकी, नागढुंगा, बल्खु, दक्षिणकाली, सातदोबाटो, कोटेश्वर, जगाती, चाबहिल, गौशाला, सुन्धारा र पुरानो बसपार्कमा हेल्पडेस्कहरु छन् ।

सरकारले तोकेको भन्दा बढी भाडा यात्रुहरुबाट लिएको पाइए तत्काल कारबाही हुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।

सम्बन्धित खबरहरु