काठमाडौं । विद्यालय परिसरभित्र विहे भोजलगायत कामहरु हुने गरेको समाचार कहिलेकाँही बाहिर आउँछन् ।

यो बीचमा भारत, छत्तीसगढको कोरबा जिल्लामा विद्यालयभित्र जे भयो, त्यसले सबैलाई चकित बनाएको छ ।

दैनिक भास्करको रिर्पोट अनुसार रक्सी पिएर हेडमास्टर (प्रधानाध्यापक) स्कुल पुगेका थिए ।

रक्सीमा मात्रै कुरा सकिएन् उनले सितनका रुपमा कुखुराको मासु पनि खाएको खुलेको छ । रक्सी पिएर उनी लामो समय विद्यालय परिसरभित्र सुतेका थिए ।

सो कुरा तब बाहिर आयो जब त्यस क्षेत्रका जिला सदस्यहरु अनुगमनका लागि स्कूल पुगेका थिए ।

उनीहरुले ति शिक्षकलाई धेरै पटक उठाउने प्रयास गरे तर सबेनन् । अहिले यो सम्पूर्ण घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।

उक्त प्रकरणबारे प्रतिकृया दिदैँ ब्लक शिक्षा अधिकारी (बीईओ) एलपी जोगी यसरी विद्यालयमा आउने कुरा गम्भीर विषय भएको बताएका छन् । उनलाई एक दिनका लागि प्रधानाध्यापकबाट निलम्बन गरिएको थियो ।

कोरबा जिल्लाको पोडी उपोर्दा विकास ब्लकको करीमाटी, ग्राम पञ्चायतको प्राथमिक विद्यालयमा यस्तो दृश्य देख्नमा आएको थियो ।

वास्तवमा, गत बिहीबार, जिल्ला सदस्य प्रताप सिंह निरीक्षणको लागी विद्यालयमा पुगेका थिए । त्यस बीचमा उनले विद्यालयका प्रधानाध्यापक रामनारायण भुइँमा पल्टिएको अवस्था देखेका थिए ।

त्यसपछि प्रतापले धेरै पटक प्रधानाध्यापक रामनारायणलाई उठाउने कोशिश गरे, तर सकेनन् । प्रतापले उनलाई लामो समय सम्म उठ्न अनुरोध गरिरहेका थिए ।

त्यसको बावजूद, उनी बारम्बार उठ्दै र भुइँमा लड्दै गरिरहेका थिए । अनी प्रतापले रक्सी मासु टेबलमा राखिएको कुरा थाहा पाए ।

भास्करका अनुसार त्यहाँ प्लेटमा कुखुराको मासु पनि थियो । रामनारायण बोल्न सक्ने अवस्थामा पनि थिएनन् ।

यस विषयमा थप अध्ययन गर्दा पत्ता लाग्यो कि उनी पहिले पनि त्यसरी नै विद्यालयमा आइसकेका थिए ।

स्कूलका विद्यार्थीहरुले आफ्ना प्रधानाध्यापक पहिले पनि रक्सीले मात्तिएर आउने गरेको बयान दिएका हुन् ।

विद्यार्थीहरुले बताए अनुसार प्रधानाध्यापकले विद्यालयमा कुखुराको मासु पकाउने गर्थे ।

यो घटना बाहिर आएपछि विद्यार्थीका अभिभावकहरु धेरै असन्तुष्ट छन् । सोही शुक्रबार बीईओका अधिकारी निरीक्षण गर्न भनेर त्यहाँ पुगेका थिए ।

बीईओ अधिकारी एलपी जोगीले भाइरल भिडियोको आधारमा, आज आफैं स्कूल पुगेर त्यसको अनुसन्धान गरेको जानकारी दिएका छन् ।

उनका अनुसार सबैको बयान गाउँले र सरपञ्चको उपस्थितिमा रेकर्ड गरिएको छ, भिडियो पनि पुष्टि भएको छ ।

प्रधानाध्यापक रक्सीप्रेमी हुन् तर उनले स्कूलमा यस प्रकारको हर्कत देखाउने गरेका थिएनन् । जोगीका अनुसार विद्यालयमा यस प्रकारको काम सैह्य हुँदैन ।

उनले निलम्बनको प्रस्ताव जिल्ला शिक्षा अधिकारी (डिईपो) लाई पठाएका थिए । त्यसरी प्रधानाध्यापकलाई शनिबार दिउँसोसम्म निलम्बित गरिएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु