काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति आकर्षण बढ्दै गएको छ । यो बीचमा तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

हालै झापाको विर्तामोड–४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित हुनु भएका राजवंशी एमाले प्रवेश गर्नुभएको हो ।

उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गर्नुभयो ।

राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उहाँ सदस्य हुनुहुन्थ्यो ।

संसद सचिवालयको विवरण अनुसार झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन पनि बिताउनु भएको थियो ।

यही असोज ३ गते राष्ट्रिय जनमोर्चा प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले काठमाडौंमा दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही, दैलेख जिल्ला अध्यक्ष अमरबहादुर नेपालीसहित नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।

जिल्ला कमिटीले निर्णय नै गरेर वडा तहसम्मका नेता एमालेमा प्रवेश गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु