काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) को विरोधकाबीच राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका हुन् ।

समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताउनुभयो ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाएको हो ।

दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्यो । दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएका थिए ।

सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ । अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको सन्देश पेश हुनेछ ।

प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कार्यान्वयन हुन्छ ।

सम्बन्धित खबरहरु