काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारे छलफल हुने उपसचिव तिवारीले बताउनुभयो ।

यता सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल लाहाल ‘प्रचण्ड’ले अध्यादेश फिर्ता लिने तयारी भएको जानकारी दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले सोमबार बिहान बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको ब्रिफिङ गर्नुभएको हो ।

माओवादी केन्दका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले समसामायीक राजनीतिकलगायत राजनीतिक दलसम्बन्धी आध्यादेश फिर्ता लिने विषयमा छलफल भएको बताउनुभयो । उहाँले मंगलबार दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बस्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु