काठमाडौ । पछिल्लो समय झापा पाडाजुगीकी डोनु विश्वकर्माको विषय निकै चर्चामा छ । उनले छोरीसँग नै सम्बन्ध रहेको तल्लो स्तरको आरोप समेत लगाईन् ।

उनका श्रीमानले आफ्नो सन्तानलाई पनि वेवास्ता गरेको भन्दै श्रीमती मिडियामा आएपछि उनी सम्पर्कमा आएका थिए ।

तर अहिले फेरी उनीहरु कानुनी रुपमै अलग बस्ने निर्णयमा पुगेका छन् ।

श्रीमतीले आफ्ना तीन सन्तान मध्य एउटा छोरीलाई मात्र काठमाडौमा लगेर राखेको अन्य दुई सन्तानलाई भने वेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

५ वर्ष देखि वेवास्ता गर्दै आएका श्रीमानका बारेमा उनले सार्वजनिक गरेपछि श्रीमान सम्पर्कमा आएका थिए ।

बुबाले छोरीलाई लिएर काठमाडौंमा बसेको र अन्य दुईजना छोराछोरीलाई नहेरेको भनेर झापा पडाजुगीकी डोनु विश्वकर्मा सुबेदी रुँदै मिडियामा आएकी थिइन ।

प्रहरी प्रशासन र मिडियाको पहलमा उनका श्रीमान सुरेन्द्र शर्मा सुवेदी र उनकी जेठी छोरीलाई झापासम्म झिकाइएको थियो ।

लामो समयको विवादपछि डोनु र उनका श्रीमान सँगै बस्न नसक्ने र एकअर्का बाट छुट्ने सहमति गरेर घर फर्किएपछि अचानक श्रीमानले मलाई एक्कासि छोराको माया पलायो अब मिलेर बस्नुपर्छ भनेर भनेपछि उनीहरुको मिलन भएको थियो । तर अहिले फेरी त्यो समस्या बल्झिएको छ ।

श्रीमतीले नै श्रीमानसँग मिल्न नसक्ने भन्दै उनले अलग बस्ने निर्णयमा पुगेको बताएकी छन् । अब छोराछोरीका लागि आफू विदेश जान लागेको बताएकी छन् । उनले आफ्नो जेठो छोरीलाई मात्र कुनै आरोप नलगाएको बताएकी छन् । मैले रिस उठेर मात्र अनावश्यक रुपमा बोलेको बताएकी छन् ।

श्रीमानको दिदीका कारण दुई जनाबीच समस्या भएको बताएकी छन् । दिदीले फोन गर्ने वित्तिकै उसको दिमाग विग्रन्छ अहिले पनि त्यही भएको हो, उनले भनिन्, दिदीले तिमीहरु मिल्यौ भन्दै दिनमा १० पटक सोध्ने गरेको बताइन् ।

 

सम्बन्धित खबरहरु