काठमाडौ । एउटा छोरीले आफ्नै बुवाको बारेमा यस्तो आरोप कसरी लगाउन सक्छ होला ?

एउटा किशोरीले भने आफ्ना बुवालाई त्यस्तै आरोप लगाएकी छन् । आफ्नै बुवाले जक गरेको र कसैलाई सुनाए बाँकी नराख्ने भनेको भन्दै एक किशोरीले युट्युवमा सार्वजनिक गरेकी हुन् ।

उनले आफू ११ वर्षको हुँदा नै बुवाले त्यस्तो गरेको भएपनि केही भन्न नसकेको बताइन् । सानी छंदा बुवाले जे गर्नु भयो त्यो के हो भन्ने आफूलाई थाहा नभएको बताइन् ।

तर अहिले आफु ठूली भएपछि पनि गएको माघ २० गते पनि बुवाले आफूलाई जक गरेको किशोरीको भनाई छ ।

माघ २० गतेको घटना पछि बुवाले कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन, तेरो कुरा कसैले विश्वास पनि गर्दैन तँलाई नै प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको उनको आरोप छ ।

म आमासंग थिए बुवाले मलाई बोलाउनु भयो म जान डराएकी थिए । तर तँ संग काम छ भनेर बोलाउनु भयो अनि मलाई लगेर स्टोर लिएर जानुभयो । अनि कोठाको ढोका लगाएर मलाई जक गर्नुभयो । कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ भन्नुभयो ।

आमालाई भनिस भने तँलाई नै नराम्रो हुन्छ प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको बताइन् ।

आमा माथि हुनुहुन्थ्यो तर मलाई बुवाले तल स्टोरमा लगेर यस्तो गर्नुभयो । उनले घटना पछि आफूलाई स्वास्थ्य समस्या भएको बताएकी छन् ।

 

सम्बन्धित खबरहरु