काठमाडौ । दिलकी रानी सार्वजनिक भएको छ । यो गीतमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको खुबै रोमान्स देख्न सकिन्छ ।

उनीहरुको अभिनय रहेको गीतमा दुई चर्चित गायक प्रबिशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ ।

निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजि लामीछानेले निर्द्शन ,कोरियोग्रफि गरेका हुन । म्युजिक भिडियोमा सौरभ छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन ,रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।

गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् । गीतमा चर्चित डान्सर सरोज अधिकारी र आश्मा बिश्वकर्माबीच लभ एण्ड रोमान्स देखाइएको छ । गीत रिलिज भएको केही समयमा नै चर्चाको शीखरमा चढ्न थालेको छ । छोटो समयमा नै धेरैले हेरिसकेका छन् ।

सम्बन्धित खबरहरु