काठमाडौं । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन् ।

गएको २४ घन्टा यतामात्र थपिएका ती सङ्क्रमतिहरुसँगै यहाँ अहिलेसम्म सङक्रमित हुनेको सङ्ख्या ७६ लाख नाघेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ आजसम्म सङ्क्रमितहरुको सङ्ख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ ।

त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको सङ्ख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।

लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ ।

केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भए पनि पछिल्ला हप्तामा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ ।

पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जनाभन्दा पनि बढी सङ्क्रमित थपिने गरेका बताइएको छ ।

सम्बन्धित खबरहरु