काठमाडौ । आज सोमबार काठमाडौंबाट उडेको बुद्ध एयरको विमान विराटनगर विमानस्थलमा धेरै प्रयासपछि अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो ।

आकस्मिक अवतरण गर्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै इन्धन घटाउन जहाजले काठमाडौंमा धेरै पटक फन्को लगाएको थियो ।

तर पाइलटको धर्यता र केहीको विवेकले विमान दुर्घटना हुनबाट बच्यो । यात्रु बचे ।

त्रिभुवन विमानस्थलमा पनि कैयन फन्को मार्दा पनि ईन्डिकेटरले ल्याण्डिङ गियर खुलेको नदेखाउदा विमानले आकाशमा लामो समय फन्को मार्दै इन्धन सकेर धावनमार्गमा फम र अन्य सबै सुरक्षा ब्यवस्था गरेर राखेर आकस्मिक फोर्स्ड अवतरण गराउने योजना बन्दै गएर जहाजलाई रनवेको नजिकै ल्याउदा त चक्का खुलेको रहेछ ।

ईन्डिकेटरले पो खुलेको नदेखाएको रहेछ। अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएका थिए ।

दूरबिनबाट पनि गियर खुलेको देखिएपछि जहाजका चालकलाई अवतरण गर्न सल्लाह दिइएको थियो । अनि सजिलै ल्याण्ड भयो।

आज जहाजका क्याप्टेन, परिचारिका र यात्रुहरूको घंटौँ होस हवास गुम थियो । ल अब आज जीवनको अन्तिम दिन आएछ भन्दै जहाज भित्र रूवाबासी चलिरहेको थियो।

सानो यन्त्रले यति सानो कुराको संकेत नगरिदिदा यति ठूलो संकटबाट गुज्रनु परेको थियो। अन्ततः सबै सुरक्षित अवतरण गरे, सन्तोषको सास फेर्न पाईयो। बधाई छ जहाजका क्रू र यात्रुलाई पुनर्जीवन पाएकोमा। उनीहरुका परिवारजनलाई पनि बधाई छ। यात्रुहरु सबैलाई बधाई ।

सम्बन्धित खबरहरु