काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालय बल्खु द्वारा २०७८ साल भाद्र ३० गते बुधवार सञ्चालित शैक्षिक वर्ष २०२१ को स्नातकोत्तर तहको प्रवेश परीक्षाको परीक्षाफल प्रवेश परीक्षा सञ्चालन समितिको मिति २०७८ असोज १० गतेको बैठकको निर्णयअनुसार प्रकाशित गरिएको छ ।

उक्त परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई आवेदन फारम भएको सम्बन्धित क्याम्पस÷विभागमा २०७८ साल असोज ११ गतेदेखि कात्तिक १७ गते भित्र सम्पूर्ण सक्कल प्रमाणपत्र र प्रवेशपत्र तथा अन्य आवश्यक कागजातहरु पेश गरी भर्नाका लागि सुचित गरिन्छ ।

साथै, स्नातकोत्तर तहको पहिलो सेमेस्टरको पठनपाठन २०७८ साल कात्तिक २८ गतेबाट सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु