काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सोमबारको स्थायी कमिटी बैठकले एमाले नेता सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल तोकेको छ ।

सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधानका लागि नेता रावल, लेखराज भट्ट र पछिल्लो समय शंकर पोखरेललगायतको छ जनाको समिति गठन भएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संयोजकमा रावललाई तोक्नुभएको नेम्वाङ बताउनुहुन्छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिस्ठानमा सोमबार विहानदेखि बसेको बैठकमा दस बुँदे कार्यान्वयनका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

विधान महाधिवेशनका लागि एमाले केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेदनहरुमाथि नेताहरुले सुझाव राख्नुभएको उहाँले बताउनुभयो ।

कार्यदलमा महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा स्थायी समिति सदस्यहरु लेखराज भट्ट, सुरेन्द्र पाण्डे र शंकर पोखरेल हुनुहुन्छ ।

१० बुँदे सहमति अनुसार एमाले २०७५ जेठ २ को संगठनात्मक प्रणालीमा नगएको भन्दै रावलले व्यापक असन्तुष्टि जनाउनु भएको थियो । पार्टीको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टलाई नै अध्यक्ष केपी शर्मा ओलीले निरन्तरता दिएपछि रावल असन्तुष्ट बन्दै आउनु भएको थियो ।

रावलले १० बुँदे सहमति खारेज गरेर देखाउन ओलीलाई चुनौती समेत दिनु भएको थियो । यो सब भएपछि रावललाई ओलीले कार्यदल संयोजक बनाउनु भएको हो ।

सम्बन्धित खबरहरु