काठमाडौं । बस र विङ्गर ठोकिँक्दा नौ जना घाइते भएका छन् । सो दुर्घटनामा चार जनाको अबस्था गम्भीर रहेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठोकिँक्दा नौ जना यात्रु घाइते भएका हुन् ।

रुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर मंगलवार विहान ५ः३० बजे ठोकिँक्एका थिए ।

दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते हुनेमा विङ्गर चालक बाणगंगा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक पनि रहेका छन् ।

यसै गरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्ती मगर र वर्ष २३ का अर्जुन बुढा मगर अवस्था समेत गम्भीर अवस्थामा रहेका छन् ।

उहाँहरुलाई थप उपचारको लागि बुटवल लगिएको कार्कीले बताउनु भयो । सामान्य घाइतेकोको कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु