काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानले सूचना प्रकाशित गरेको हो । स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुमा शैक्षिक वर्ष २०७८।०७९ मा स्नातकोत्तर (एम.एस्सी) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि २०७८ मंसिर महिनामा प्रवेश परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

यस्तै, सोही संस्थानले अर्को सूचना पनि जारी गरेको छ । स्नातक (बी.ई.÷बी.आर्क) तहको प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०७८।०७९ मा स्नातक तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि २०७८ माघ महिनामा प्रवेश परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु