काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । उहाँलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको हो ।

नेता पुनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँ बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्ने परिवारले जानकारी दिएको छ ।

नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित हुनुहुन्छ । चार वर्ष पहिले पनि उहाँलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो ।

त्यसअघि उहाँले नयाँदिल्ली र थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउँदै आउनु भएको थियो । अब फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको परिवारले जानकारी दिएको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनलाई निवासमै गएर भेट्नु भएको थियो ।

सम्बन्धित खबरहरु