काठमाडौं । चर्चित अभिनेत्री एवं मोडल शर्लिन चोपडा पछिल्ला दिनहरुमा अभिनेत्री शिल्पा शेट्टीलाई लगातार निशाना बनाइरहेकी छिन् ।

शर्लिनले एक पटक फेरि शिल्पा शेट्टीबिरुद्ध बयान दिएकी छिन् । शर्लिनले ट्वीटरमा शिल्पाको आलोचना गरेकी हुन् ।

शिल्पा आफ्ना पति राज कुन्द्राको हर्कतबाट कुनै लज्जाबोध नभएको उनको भनाई रहेको छ । शर्लिनले शिल्पाको दर्शनलाई दण्डवत् गरेकी छिन् । प्रयोगकर्ताको एक ट्वीटमा टिप्पणी गर्दै शर्लिनले यस्तो बयान दिएकी हुन् ।

उनले भनेकी छिन्, ‘शिल्पा दीदीलाई आफ्नो पतिको काममा पश्चाताप छैन १ तपाईं ९शिल्पा० भन्नुहुन्छ कि उहाँको जीवन एक दर्शन छ । एक सेलिब्रिटीको रूपमा, तपाईं कहिल्यै गुनासो गर्नुहुन्न र व्याख्या गर्नुहुन्न, कृत्रिम पूजा गरिन्छ ।’

दोस्रो ट्वीटमा शिल्पाले एउटा न्यूज पोर्टलको ट्वीटको जवाफ दिइन् । जसमा यो लेखिएको छ कि शिल्पा शेट्टी राज कुन्द्रा द्वारा निर्मित भिडियोमा शर्लिनको काम को प्रशंसा गरिन् । जवाफमा शर्लिनले लेखिन्, ‘हो, एक पटक होइन तर धेरै पटक तारिफ गर्नुभयो ।

राज कुन्द्राले मलाई भने कि शिल्पाले मेरो तस्विर र भिडियोहरु देखेकी थिईन् । यी सबै कुरा शिल्पालाई निकै आकर्षक लाग्थ्यो ।

यसले मलाई प्रेरणा दियो । र म पहिले भन्दा राम्रो गर्नको लागी प्रेरित भएकी थिएँ ।’ शर्लिन चोपडाले लगातार शिल्पालाई निशाना बनाइरहेकी छिन् । तर गहना वसिष्ठले शर्लिनको निन्दा गरेकी छिन् । उनका अनुसार, शर्लिनले यो सबै चर्चामा रहनका लागि मात्रै गरिरहेकी छिन् ।

सम्बन्धित खबरहरु