Simhadarbarकाठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानकमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा बिभिन्न मन्त्रालयगत एजेन्डामा छलफल हुने छ ।

बैठकमा सहसचिवहरुको बढुवा, संबैधानिक आयोगमा पदपुर्ति, बिभिन्न देशमा रिक्त राजदुत नियुक्ति लगाएका बिषयमा छलफल हुने एक मन्त्रीले जानकारि दिए ।

सचिवमा बढुवाको लागी ३९ सह–सचिवको सिफारिस भएको छ ।

बैठकमा प्रस्तावित कावेली ए जलबिद्युत आयोजनाको लाईसेन्स ब्युँताउन प्रस्ताव पेश हुने छ ।

कात्तिकको पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्त पालना नगरेको भन्दै कावेली लगाएत दर्जन आयोजनाको लाईसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दएको थियो ।

सम्बन्धित खबरहरु