काठमाडौ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

निरज र उनकै श्रीमती ३८ वर्षीया नितु शर्मा समेतले आफ्नै कोठामा ती महिलालाई राखेको र निरजले जबरजस्ती करणी समेत गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट
वीरगंज महानगरपालिका-६ बस्ने अनुराग गुप्ताको समृद्ध ईम्पेक्स एण्ड सप्लायर्स कपडा पसलमा विद्युतको तार सर्ट भई सोमबार साँझ आगलागी हुँदा पसलका कपडाहरु जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु