रुपन्देही । बुटवल उपमहानगरपालिका-८ सुख्खानगर पुष्पापथस्थित फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पा रुम्बा गाउँपालिका-१ सहेबी घर भएका २१ वर्षीय असोक घर्तीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-१० कालिकानगरस्थित बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खोलाले बगाएर मृत्यु
ईलाम । देउमाई नगरपालिका-१ मैदाने बस्ने गणेश मगरकी १० वर्षीया सागरीका मगरको फाकफोकथुम गाउँपालिका-६ र देउमाई नगरपालिका-१ को सिमानामा रहेको फलाटे खोलाले बगाएर सोमबार दिउँसो मृत्यु भएको छ ।

फाकफोकथुम गाउँपालिका-६ फलाटेस्थित फलाटे माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्किने क्रममा उक्त खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी एकतप्पाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि २ किलोमिटर टाढा ढुङ्गामा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु