काठमाडौं । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) विद्यार्थी संघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का नेता कन्हैया कुमार आज औपचारिक रूपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

उनीसँगै गुजरातका दलित र युवा नेता जिग्नेश मेवानी पनि कांग्रेसमा प्रवेश गरेका हुन् । मेवानी हाल गुजरातको वडगाम सीटबाट स्वतन्त्र विधायक छन् ।

कन्हैया कुमार र जिग्नेश मेवानीलाई केसी वेणुगोपाल र कांग्रेसका रणदीप सिंह सुरजेवालाले स्वागत गरेका हुन् । कन्हैया कुमारले राहुल गान्धीलाई भेटेका थिए, त्यसपछि उनको पार्टीमा जाने कुरा चर्चामा थियो ।

कन्हैया कुमार बिहार बाट भारतीय कम्युनिस्ट पार्टी को राष्ट्रीय कार्यकारी सदस्य थिए । कन्हैया बिहारको बेगूसरायका हुन् ।

२०१९ को लोकसभा चुनावमा, उनी बेगुसरायबाट चुनावमा उठेका थिए, तर भारतीय जनता पार्टी (भाजपा) का गिरिराज सिंहले उनलाई ठूलो अन्तरले हराएका थिए । लोकसभा चुनावको समयमा जिग्नेश मेवानीले बिहारमा कन्हैया कुमारको समर्थनमा प्रचार पनि गरेका थिए ।

जानकारी अनुसार चुनावी रणनीतिकार प्रशांत किशोर २०२४ को लोकसभा चुनाव भन्दा पहिले सबैभन्दा पुरानो पार्टीलाई नयाँ ढंगले सुधार गर्ने कोशिश गरिरहेका छन् ।

सम्बन्धित खबरहरु