ईलाम । देउमाई नगरपालिका-१ मैदाने बस्ने गणेश मगरकी १० वर्षीया सागरीका मगरको फाकफोकथुम गाउँपालिका-६ र देउमाई नगरपालिका-१ को सिमानामा रहेको फलाटे खोलाले बगाएर सोमबार दिउँसो मृत्यु भएको छ ।

फाकफोकथुम गाउँपालिका-६ फलाटेस्थित फलाटे माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्किने क्रममा उक्त खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी एकतप्पाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि २ किलोमिटर टाढा ढुङ्गामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भीरबाट लडेर मृत्यु
ओखलढुंगा । सिद्धिचरण नगरपालिका-७ गुन्जा बस्ने ४५ वर्षीया कामी डोमा शेर्पाको सोही ठाउँस्थित सिरु भीरबट लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

मोलुङ गाउँपालिका-२ लिपे खोलामा गिट्टी कुटी घर फर्कने क्रममा उक्त भीरबाट लडेर करिब २० मिटर तल खस्दा उनको मृत्य भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु