काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफ्नै महिला साथिलाई ठगी गरेका व्यक्ति पक्राउ परेका छन् ।

के.डी गोर्खाली नामको आईडीबाट फ्रेन्ड रिक्वस्ट पठाई साथी बनी आफुलाई यूकेको लाहुरे हुँ, हाल बेलायतमा छु भनेर अनलाईन ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउपालिका–४ लिम्खिया घर भई हाल जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० चुनिखेल बस्ने बर्ष ३१ को केदार राई रहेका छन् ।

माया गर्छु, बेलायत लैजान्छु भन्नेजस्ता भ्रम देखाएर ठगी गरेको खुलेको छ । उनले आफ्नो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको पनि उल्लेख गरेका थिए ।

कुराकानीका क्रममा आफ्ना छोराछोरी लण्डलमा होस्टल राखेको बयान पनि उनले दिएका थिए ।

नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी हुदै गएकोमा मिति २०७८।५।१६ गते मेसेन्जरमा फोन तथा म्यासेज गरी उनले आफ्नो आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी अस्पतालमा उपचारत रहनु भएकोले केहि रकम आवश्यक परेको छ भनेर मागेका थिए ।

उनले आफ्नी प्रेमीकालाई आफ्नो दाई लिन आउनु हुन्छ भनी विश्वासमा पारी पटक पटक गरी जम्मा नगद रु १,६०,५००।–, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल आफै लिई ठगी गरेको बताइएको छ ।

महानगरीय अपराध महाशाखामा उक्त जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा नयाँ खुलासा गरेको हो ।

राईले फेसबुकमा साथी बनी युवतीलाई बेलायतको लाहुरे हुँ, तिमीलाई मायाँ गर्छु भनेर विश्वास दिलाएका थिए । उनलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत बौद्धमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु