काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार बसेको दश बुँदे सहमति कार्यान्वयनका लागि गठित उच्चस्तरीय कार्यदलको बैठकले दश बुँदे कार्यान्वयनका लागि देखिएको समस्याहरुको समाधानका लागि नीतिगत व्यवस्था तय गर्ने निर्णय गरेको कार्यदलका संयोजक डा. भीम रावलले बताउनुभयो ।

एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले दश बुँदे कार्यान्वयन एवम् सुदूरपश्चिम प्रदेशको ईन्चार्ज विवाद समाधान सम्बन्धका एमाले नेता रावलको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

काठमाडौंको थापाथलीस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यादलको बैठकमा असोज १५ गते हुन गइरहेको एमाले राष्ट्रिय विधान महाधिवेशनका लागि प्रतिनिधित्वका विषयमा उत्पन्न भएका समस्याहरुको समाधानका विषयमा पनि छलफल भएको कार्यदलका संयोजक रावलले बताउनुभयो ।

दश बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धमा उत्पन्न समस्याहरुको समाधानका लागि नीतिगत व्यवस्था गरे तदनुरुप अघि बढ्ने भनाई उहाँको छ ।

देशको धेरै ठाउँमा दश बुँदे कार्यान्वयन भइसकेको बताउनुहुदै उहाँले कार्यान्वयन नभएको ठाउँमा कार्यान्वयन गर्दै लगिने र सुदूपश्चिम प्रदेशको इन्चार्जको विषय पनि यसै क्रममा आउने संयोजक रावलले बताउनुभयो ।

सम्बन्धित खबरहरु