काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारलाई पूर्णता दिन एवं मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन सम्वद्ध दलका शीर्षनेताहरु मन्त्रीहरुको नाम छनोट गृहकार्यमा जुटेका छन् ।

राजनीतिक दल सम्वन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद विस्तारका लागि शीर्षनेताहरु आन्तरिक गृहकार्य तथा छलफलमा जुटेका हुन । बुधबार साँझसम्ममा नयाँ मन्त्रीहरु नियुक्त भइसक्ने सम्भावना छ ।

नेकपा (एकीकृत समाजवादी) ले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएको छ ।

मन्त्रीको लागि पार्टीबाट नाम सिफारिस भएकाहरुमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ रहनु भएको छ ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मिडियामा सार्वजनिक भएका ब्यक्तिहरुको नाम मन्त्रीका लागि सिफारिस भएको स्वीकार्नुभयो ।

तनुहँका साँसद किसानकुमार श्रेष्ठ र अछामका सांसद शेरबहादुर कुँवर भने यस पटक मन्त्रीमा समेट्न नसकिएको उहाँले बताउनुभयो ।

त्यस्तैं, एकीकृत (माओवादी केन्द्र) नेपालले पनि थप तीनजना मन्त्रीको नाम सिफारिसका लागि आन्तरिक गृह कार्य भइरहेको जनाएको छ ।

माओवादी केन्द्रका नेता देबबहादुर गुरुङले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी शीर्ष नेतृत्वलाई दिएको बताउनुभयो ।

‘कस्को नेतृत्वमा को–को जाने हो भन्ने कुराको टुङ्गो त लागि सकेको छैन, उहाँले भन्नुभयो–छलफल भइरहेको छ । अव छिट्टै निर्णय हुन्छ ।

अध्यादेश पनि खारेज भयो, मन्त्रिपरिषद् गर्न बाटो खुल्यो । माओवादी केन्द्रबाट यसअघि नै सरकारमा दुईजना मन्त्री सहभागी हुनुहुन्छ ।

अब कस्को नेतृत्वमा को कस्लाई पठाउने भन्ने विषयमा माओवादी केन्द्रले बुधबार नै टुङ्गो लगाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबरहरु