काठमाडौं । बिहानै जीप दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा बुधबार बिहान बलेरो जीप दुर्घटना भएको हो ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । तिनाउ–३, झुम्सास्थित पानीमिल नजिकै दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी दुई जना घाइते भएको स्थानीय बासिन्दा कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

घाइतेको उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक, र सोही स्थानमा वर्ष २२ का रोहित सिंजाली रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रहरी विष्णुबहादुर कुँवर रहनुभएको छ ।

दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ७ बजेतिर भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु