काठमाडौ । विश्वका धनी टेस्ला कम्पनीका सीईओ एलन मस्क र उनी पार्टनर क्यानाडाली गायिका ग्रिम्सबीच सम्बन्ध बिच्छेद भएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका उनीहरु अलग भएका हुन् ।

आफ्नो र ग्रिम्सको ‘अर्ध पृथकीकरण’ अर्थात् ‘सेमी सेप्रेशन’ भएको भन्दै मस्कले अलग भएता पनि आफूहरुबीच सम्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् ।

स्मरण रहोस् मस्क र ग्रिम्सको छोराको नाम X A A-Xii Musk हो । जुन निकै अनौठो नाम छ ।

पेज सिक्सलाई दिएको अन्तरवार्तामा मस्कले भनेका छन् हामीहरु अर्ध पृथकीकरण भएका छौं । तथापि एक अर्कालाई अझै माया गर्छौं, एक अर्कालाई बेला बेलामा हेर्छौं र सम्बन्ध असल छ । उनी अहिले पनि मसँगै बसेकी छिन् र हाम्रो छोरा अर्को कोठामा छ ।

टेस्ला तथा स्पेस एक्स कम्पनीको कामले गर्दा आफू धेरैजसो टेक्सासमा बस्नुपर्ने र ग्रिम्सको संगीतका क्रममा विभिन्न मुलुकको भ्रमणका लागि कामका लागि लस एन्जल्समा धेरै बस्नुपर्ने भएको कारणले गर्दा आफूहरु अर्धरुपमा छुट्टिएको उनको दाबी छ ।

मस्क र ग्रिम्सबीच सन् २०१८ बाट प्रेम सम्बन्ध सुरु भएकोमा सन् २०२० को मे महिनामा उनीहरुको छोरा जन्मिएको थियो । उनीहरु गत महीना न्युयोर्कमा भएको मेट गाला फेसन शो मा सँगै देखिएका थिए, जहाँ ३३ वर्षीय ग्रिम्स रेड कार्पेटमा हिँडेकी थिइन् । एजेन्सी

सम्बन्धित खबरहरु