काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार जानु भएको हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेट्नु भएको छ । अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्नुभयो ।

सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि आज बस्दै छ ।

आज दिउँसो १२ बजे पेरिसडाँडामा बैठक बस्दै छ । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा हुनुहुन्छ ।

गत असार २९ गते प्रधानमन्त्री बन्नु भएका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन । उहाँको चर्को आलोचना पनि भइरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु