काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट देखिएको छ । मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार तोलाको १०० रूपैयाँ घटेर ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार हुँदैछ ।

बुधबार आज चाँदीको मूल्य स्थीर छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार पनि सुनको मूल्य प्रतितोला रु. तीन सयले घटेको थियो । छापावाल सुन सोमबार प्रतितोला रु. ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु. ८९ हजार तोकिएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु. ८८ हजार ५५० कायम गरिएको थियो । तेजाबी सुन सोमबार प्रतितोला रु. ८८ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा मंगलबार प्रतितोला रु. पाँचले घटेको थियो ।

सोमबार प्रतितोला रु. एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला रु. एक हजार १५५ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

सम्बन्धित खबरहरु