काठमडौ । युट्युव च्यानलबाट विभिन्न महिलाको चरित्रहत्या हुने खालका भिडिओ बनाउने साथै भ्यूज कमाउन अन्तर्वार्ता तथा फोटोहरू राखेर प्रसारण गर्ने चारजना युट्युबर पक्राउ परेका छन् ।

साइबर ब्यूरोले दैनिक खबर नामक युट्युब च्यानलका प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सन्चालक शिशिर अधिकारी, सराइचुली मिडियाका सन्चालक पिंकला कार्की र मोडर्न अनलाइन टिभी नामक युट्युब च्यानलका सन्चालक रोधन तामाङलाई पक्राउ गरेको हो ।

व्युरोका प्रवक्ता नविन्द अर्यालका अनुसार ती युट्युबरले पीडित महिलाको तस्बिरसहित चरित्रहत्या हुने तथा प्रतिष्ठामा आँच पुग्ने खालका सामाग्री प्रसार गरेका कारण विद्युती कारोवार ऐनअनुसार पक्रउ गरिएको हो ।

पक्राउ परेकालाई बुधवारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु