काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् ।

द भ्वाइस अफ नेपाल ३’का विजेता गजमेरलाई नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । गृह मन्त्रालयले कुनै अनुमति नदिएपछी उनी पुनः अमेरिका फर्किएका हुन ।

किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । ‘द भ्वाइस अफ नेपाल जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए ।

नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन् ।

गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

गत सोमबार (असोज ११ गते) कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।

सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो ।

भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए ।

संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए ।

सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउन थालेको थियो । गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन ।

सम्बन्धित खबरहरु