काठमाडौ । २०७८–सन् २०२० को शुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव गरेको थियो ।

ती कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्ने सहयात्रीको रुपमा थिए । कोका–कोलाले यस पालिको दसैं अभियान “धन्यबाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गर्नु हो ।

कोका–कोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मी हरु रहेका छन् ।

नियमित कोकका लेबलहरुलाई यस दशैंको पावन अवसरमा धन्यवाद लखिएको लेबलले साँटिएको छ जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपर्णको रुपमा लिएका छौ ं।

विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको छ जसलाई “मन खोलौं कोकसँग” को रुपमा स्थानीयकरण गरीएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको छ ।

यो नयाँ अभियानको शुरुवात औपचारिक रुपमा एक पत्रकार सम्मेलनमा गरिएको थियो जहाँ लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो । त्यही बेला नयाँ कोका–कोलाको दशैं टिभिसी पनि चित्रण गरिएको थियो । यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ ।

अभियानको बारेमा बोल्दै, कोका–कोलाका नेपालका कन्ट्री निर्देशक श्री आदर्श अवस्थी ज्यूले भन्नुभयो, “कोका–कोलाले यस पालिको दशैँ चाड उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्रेरित गर्नु भएका परिवारको सदस्यहरु र साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउँन प्रेरित गरेको छ । यसका साथै अग्रपंक्तिमा कार्यरत रहेका श्रमिकहरुलाई सलाम गरेर हामीलाई अघि बढ्न मद्दत गर्नुहुने र हामीलाई बितेको बर्षको दौरानमा हाम्रो जीवनमा कुनै पनि बाँधा आउन नदिन आशा दिनुहुने सम्पूर्ण सहयात्रीलाई कृतज्ञा प्रदान गर्दै हामी यस पालिको दशैँलाई रमाएर मनाउँने छौँ ।”

सो इभेन्टमा कोका–कोलाले कोभिड १९ को बिरुद्ध समाजको लागी सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रहरुका ८ जना अंग्रपंत्तिः नायकहरुलाई कृतज्ञा प्रकट गरीे सम्मान गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदिप पाण्डे ज्यूले भन्नुभयो, “हामी खुशी छौँ कि हामीले यस पर्वको मौसममा हाम्रा नयाँ कोक बोतलहरुको माध्यमबाट हाम्रा फ्रन्टलाइन नायकहरु, परिवार र साथीहरु प्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएका छौ ं। हामी आशा गर्दछौँ कि लेभलमा रहेको सन्देशले हाम्रा उपभोक्ताहरुलाई उनीहरुको त्यस कठिन पलमा सहयात्री बनेका सबै व्यक्तिहरु प्रति आभार प्रकट गर्न र यो दशैलाई अझ यादगार बनाउनको लागी प्रोत्साहित गर्नेछ ।

थप रूपमा, कोका–कोलाले कोका–कोला “टकिंग बोतल” को माध्यमबाट निजीकृत सन्देशहरु साझा गर्ने एक नवीन अवधारणा पेश गरेको छ । उपभोक्ताहरुले धधध।अयअब–अयबि।अयm।लउ मा लग इन गर्न सक्नुहुनेछ वा कोकको बोतलहरुमा रहेको क्युआर कोड स्क्यान गर्न सक्नुहुनेछ । त्यसपछि “सेन्ड पर्शनलाइज्ड मेसेज” मा क्लिक गर्नुहोस् । त्यहाँबाट, उपभोक्ताहरुले प्राप्तकर्ताको नाम इन्ट्री गरेर कृतज्ञताको एक सन्देशका साथ एक उत्सव ग्रीटिंग चयन गरेपछि प्राप्तकर्ताको ईमेलमा पठाउन सक्नु हुनेछ ।

कोका–कोलाले कोभिड १९ को महामारीको बिरुद्ध लडेका र समुदायलाई जोगाउनको लागी उनीहरुको कडा परिश्रम, करुणा र निस्वार्थ त्याग प्रस्तुत गरेका अग्रपंक्ति नायकहरु प्रति हार्दिक आभार प्रकट गर्दछ । यस दशैंमा कृतज्ञता प्रदान गर्न कोका –कोलाले स्वास्थ्य क्षेत्र, गैरसरकारी संस्था, सफाईकर्मी र अनुकूलित कोकको बोतल र ग्लास सहित पत्रकारहरु गरि विभिन्न क्षेत्रहरुबाट ९०० भन्दा बढि अग्रणी कामदारहरु सम्म पहल पुर्याइरहेकोे छ ।

 

सम्बन्धित खबरहरु