काठमाडौं । गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ।  नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन भएको  भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।

रिसाएकी प्रेमिकालाई फकाउने कोसिसको सुन्दर जोडीको  रोमान्टिक कथा भिडियोमा देख्न सकिन्छ।  म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्र फिचर्ड छन्।

बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।  भिडियो लिंक: 

सम्बन्धित खबरहरु